सुदूरपश्चिममा शिशु मृत्युदर सर्वेक्षणको नतिजा अधिक

सहयात्रा टिभी

काठमाडौं । माघ २६, नेपालमा नवजात शिशु, शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा अनुसार प्रादेशिक रुपमा सबैभन्दा बढी शिशु मृत्युदर सुदूरपश्चिममा भएको पाइएको छ ।

सर्वेक्षण अनुसार नेपालमा हरेक एक हजार जीवित जन्मेका शिशुमध्ये एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ ।

प्रतिहजार जीवित जन्ममा पाँच वर्षमुनिका ३१ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । साथै प्रत्येक एक हजार जीवित जन्ममा एक महिनाभित्र १७ नवजात शिशुको मृत्यु हुने गरेको सर्वेक्षणबाट देखिएको छ ।

यसमध्ये नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा एक हजार जीवित जन्ममा २६ जना रहेको छ । बागमतीमा १० रहेको छ ।

शिशु मृत्युदरसमेत सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रतिहजारमा ३८ रहेको छ । सबैभन्दा कम बागमतीमा १७ छ ।

पाँच वर्ष मुनीका बालबालिकाको बालमृत्युमा समेत सबैभन्दा धेरै सुदूरपश्चिममा प्रतिहजार ४८ जना रहेको छ । सबैभन्दा कम गण्डकीमा प्रतिहजार २० जना रहेको देखिएको कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित : 9 February, 2026

प्रतिक्रिया दिनुहोस्