बागलुङको गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद
सहयात्रा टिभी
काठमाडौं । माघ २७, जिल्ला प्रहरी कार्यालय बागलुङले गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद गरेको छ । लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामत गरेर आज सार्वजनिक गरेको हो ।

प्रहरीले ताराखोला गाउँपालिका–२ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थाना भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।
निर्वाचन अघि अवैद्य हात हतियार नियन्त्रण गर्ने योजना अनुसार इलाका प्रहरी कार्यालय हरिचौर अर्न्तगतको प्रहरी चौकी भात खाने डाँडाको प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।
यसअघि प्रहरीले विभिन्न स्थानबाट एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरिसकेको छ ।


