हङकङमा बेलायती नेता जिम्मीलाई २० वर्षको जेल सजाय
सहयात्रा टिभी
काठमाडौं । माघ २८, हङकङको एक अदालतले प्रजातन्त्रवादी अभियानकर्मी तथा बेलायती नागरिक जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ ।

हङकङको अदालतको यो फैसलाको बेलायतले यसको कडा निन्दा गरेको छ। बेलायतकी विदेश सचिव इभेट कूपरले ७८ वर्षीय लाईका लागि यो सजाय आजीवन कारावास सरह भएको बताएका छन्।
लाइलाई सन् २०२० मा बेइजिङले लगाएको कडा ‘राष्ट्रिय सुरक्षा कानुन’ अन्तर्गत विदेशी शक्तिसँग साँठगाँठ गरेको र राजद्रोही सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर गरिएको हो। कूपरले यसलाई राजनीतिक रूपमा प्रेरित मुद्दाको संज्ञा दिएका छन्।
लाईका छोरा सेबास्टियनले यो सजायलाई ‘मृत्युदण्ड’ सरह भएको बताएका छन्। बेलायतले लाईको कमजोर स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मानवीय आधारमा उनलाई तत्काल रिहा गर्न हङकङ प्रशासनसँग माग गरेको छ।


