यस्तो रहनेछ आजको मौसम
सहयात्रा टिभी
काठमाडौं । फागुन १४, आज तराईका भूभागका केही स्थानमा बिहान हुस्सु लाग्ने भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा भने साधारणतया बादल लाग्नेछ।

पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


