सिरहामा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । फागुन १५, सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ ।

स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा छोइँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गाडीको केही भागमा आगलागीसमेत भएको थियो ।
करेन्ट लागेको थाहा पाएपछि चालक साह हाम फालेका थिए । गम्भीर घाइते अवस्थाका उनलाई तत्काल स्थानीय अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


