मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि अफन्तले गरे विरोध

सहयात्रा टिभी

काठमाडौं । फागुन १९, मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको स्थिति सिर्जना भएको छ । उपचारमा राम्रो ध्यान नदिँदा घाइतेको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । मृतक धादिङको सवारी दुर्घटनामा परेका व्यक्ति भएको बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।

 

 

 

 

प्रकाशित : 3 March, 2026

प्रतिक्रिया दिनुहोस्