दोलखामा कर्मचारीमाथि हातपातपछि हवाई फायर

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, दोलखा जिल्लाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। तामाकोशी गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाले उक्त घटनाको पुष्टि गरेको छ। दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार कर्मचारीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उक्त कदम चालेको हो।

सहायक प्रजिअ आलेले घटनाबारे स्पष्ट पार्दै भने, “निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर भएको हो।”

प्रकाशित : 5 March, 2026

प्रतिक्रिया दिनुहोस्