मतदानको निर्धारित समय सकियो

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ ।

यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसो भनेपनि अधिकांश जिल्लामा निर्धारित समयमै मतदान कार्य सकिएको फिल्डमा खटिएकाअधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित : 5 March, 2026

प्रतिक्रिया दिनुहोस्