झापा–५ मतदान अपडेट : मतपेटिका सिल हुँदै, आजै सर्वदलीय बैठक
सहयात्रा टिभी
काठमाडौं । फागुन २१, झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइ रहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।



