सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सहयात्रा टिभी

काठमाडौं । फागुन  २३, प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गोमा तामाङको ४ हजार ८०९ मत रहेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले १ हजार २९१ मत पाउँदा एमालेका टिकाराम लिम्बुले ९६४ मत पाएका छन् । यसैगरी, नेपाली कांग्रेसका सुजेन्‍द्र तामाङले ८९८ प्राप्त गरेका छन् ।

 

प्रकाशित : 7 March, 2026

प्रतिक्रिया दिनुहोस्