काठमाडौं उपत्यकाको आकाश प्रदूषणले धुम्मियो

सहयात्रा टिभी

काठमाडौं । फागुन २५, काठमाडौं उपत्यकाको वातावरण पछिल्ला दुई–तीन दिनयता धुम्म छ । उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।

बेलाबेला केही ठाउँमा सिमसिमे वर्षा पनि हुन्छ, अन्य ठाउँमा पानी पर्लापर्ला जस्तो पनि देखिन्छ । तर, ठुलो वर्षा भने हुन सकेको छैन ।

यसले जनजीवनलाई आंशिक प्रभाव पारिरहेको छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महसुस गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको यस्तो वातावरण हुनुका पछाडि प्रदूषण र मौसम गरी दुई कारण छन् ।

प्रकाशित : 9 March, 2026

प्रतिक्रिया दिनुहोस्