जुम्लाबाट थप उपचारका लागि हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । फागुन २९, जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्यु भएको छ ।

तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
उपचारको क्रममा राति १ बजे उनको मृत्युु भएको प्रदेश अस्पतालले जनाएको छ । घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।


