नेप्से परिसूचक १३ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । चैत्र ३, मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ ।

अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् ।
त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर छन् ।


