अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्छौं : हरि ढकाल

सहयात्रा टिभी

काठमाडौं । चैत्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीले चलाएको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने काम भएको बताएका छन् ।

काठमाडौंको ग्वार्कोस्थित एक होटलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अबको ५ वर्ष जनअपेक्षा अनुसार काम गर्ने पनि बताए ।

ढकाल चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले अघिल्लो कार्यकाल छोटो भएको र त्यतिबेला आफूहरूले सिकेका अनुभव पनि अभिमुखीकरण कार्यक्रममा सेयर गरेको जानकारी गराए ।

‘हाम्रा अनुभव, बजेट निर्माणसँग सम्बन्धित सेसन पनि चल्यो । अघिल्लो कार्यकाल हाम्रो छोटो थियो । त्यसका अनुभवहरू नवनिर्वाचित सांसदसँग सेयर पनि गर्‍यौं,’ उनले भने ।

साथै, अब संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्ने पनि जिकिर गरे ।

‘एउटा उमेर समूह आउनुभएको छ । उहाँहरू ऊर्जाशील हुनुहुन्छ । अबको ५ वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहानदेखिकै काम हुन्छ । मुहानदेखिकै काम भएपछि तल पनि संग्लो हुन्छ,’ सांसद ढकालले भने ।

 

प्रकाशित : 18 March, 2026

प्रतिक्रिया दिनुहोस्