रविको मुद्दामा संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । चैत्र ५, सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेस गर्न आदेश दिएको हो ।

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेस भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेश अनुसार अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ । इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरू न्यायाधीश भएको इजलासमा मुद्दा पेस गर्नू भनी आदेश गरेको हो ।

सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ ।

प्रकाशित : 19 March, 2026

प्रतिक्रिया दिनुहोस्