पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृत्यु हुनेमा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन्। तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्