ललितपुरको इट्टाभट्टामा एक जनाको मृत्यु, ४ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । चैत्र ८, ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो ।
पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए छ ।


