अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक घाइते

सहयात्रा टिभी

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन् ।आबुधाबीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यसको पुष्टि गरेको हो ।

वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोकेपछि यो घटना भएको बताइएको छ । घटनामा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको उल्लेख छ।

अधिकारीहरूले आधिकारिक स्रोतबाट मात्रै सूचना लिन भनेका छन् । अफवाह वा अप्रमाणित जानकारीबाट बच्न र त्यस्ता जानकारी अरूसँग साझा नगर्नु पनि अधिकारीहरूले सुझाएका छन् ।

समाचार एजेन्सी पीटीआईले पनि अबुधाबीमा क्षेप्यास्त्रको भग्नावशेष खसेर एक भारतीय नागरिक घाइते भएको रिपोर्ट गरेको छ।

सोमबार अबुधाबीमा सफलतापूर्वक अवरोध गरिएपछि अल(शवामेख क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको अधिकारीहरूलाई उदृत गर्दै पीटीआईले भनेको छ ।

देशको वायु रक्षा प्रणाली इरानी क्षेप्यास्त्र र ड्रोनबाट हुने खतराको सामना गर्न व्यस्त रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ। आबुधाबी क्षेत्रमा सुनिएका आवाजहरू क्षेप्यास्त्र र ड्रोनहरूको अवरोधका कारण भएको रक्षा मन्त्रालयले भनेको छ ।

प्रकाशित : 23 March, 2026

प्रतिक्रिया दिनुहोस्