आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति जारी छ । आज पनि बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।


मंगलबारदेखि जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । हिजो सभापति गगनकुमार थापाले भदौ २४–२६ मा १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।

यस्तै, समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित : 25 March, 2026

प्रतिक्रिया दिनुहोस्