एमाले सांसदहरूलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन
सहयात्रा टिभी
काठमाडौँ ।चैत्र १२, नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ ।

प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने ।
उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन् ।


