भारतको आन्ध्र प्रदेशमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ ।चैत्र १२, भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लाको रायावरम नजिकै भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान स्थानीय टाइल खानी नजिकै एउटा निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगो लागेको थियो ।
मार्कापुरमका डीएसपी हर्षवर्धन राजुका अनुसार दुर्घटनामा बसमा सवार १४ जनाको मृत्यु भएको हो ।
रिपोर्टका अनुसार दुर्घटनामा अन्य धेरै यात्रुहरू पनि घाइते भएका छन् । दुर्घटनामा परेका बस र ट्रक नराम्ररी जलेका छन् ।प्रधानमन्त्री मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।


