पार्टीले संसदीय दलको नेता बन्न अघिसारे आफू तयार हुने :नेम्वाङ
सहयात्रा टिभी
काठमाडौँ ।चैत्र १२, नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन् ।

सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको बताए ।
‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन,’ उनले भने, ‘सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ । त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु ।’
संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भने ।


