धर्मगुरु दलाई लामाले विश्वभर चलिरहेका युद्ध समाप्त गर्न अपिल

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १७, भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर चलिरहेका युद्ध समाप्त गर्न अपिल गरेका छन् ।

मंगलबार एक्समार्फत हिंसाले केवल अर्को हिंसाको जन्म दिने बताउँदै उनले संवाद, समझदारी र आपसी सम्मानको बाटोमा जान सबैसँग आग्रह गरेका छन् ।

‘हामी इसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दु धर्म, यहुदी धर्म वा दुनियाँभरका कुनै पनि आध्यात्मिक परम्पराको देख्नसक्छौं, जसले सन्देश हमेशा एक जस्तै छ– प्यार, करुणा, सहनशीलता र आत्म–अनुशासन’, लामाले लेखेका छन् ।

कुनै पनि संघर्षको स्थायी समाधान संवाद र समझदारी नै रहेको उनले बताएका छन् । ‘चाहे मध्यपूर्वमा होस्, या रुस र युक्रेनबीचको संघर्ष । संवाद, समझदारी र आपसी सम्मानका आधारमा समाधान हुनुपर्छ,’ उनले भनेका छन् । उनले हिंसा र संघर्ष यथाशीघ्र रोकिन प्रार्थना र आग्रह गरेका छन् ।

 

प्रकाशित : 31 March, 2026

प्रतिक्रिया दिनुहोस्