पहिलो दिनबाटै थालियो एसईईको उत्तरपुस्तिका परीक्षण
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १९, माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

बिहीबार (आज) देखि सुरु भएको एसईईको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको हो । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।
केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम हुनेछ । जुन विद्यालयको विद्यार्थी हो त्यो विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन् ।परीक्षण र एक मिहनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसर्ईईका लागि फारम भरेका छन् । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।


