नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाए
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २१, नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।
नेकपा एमालेले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् ।
तर, कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।


