गजेन्द्र कुमार ठाकुरले गरे शंकर अग्रवाललाई छाडिएको पुष्टि
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २२, शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।

केही दिनअघि मात्रै सम्पत्ति सुद्धिकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो ।
यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ । आइतबार यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।


