संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २७, संघीय संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदैछ ।


सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । अब सरकार बजेट अधिवेशनको तयारीमा लाग्नेछ ।

प्रकाशित : 10 April, 2026

प्रतिक्रिया दिनुहोस्