रास्वपाको पहिलो महाधिवेशन असोजमा गर्ने आन्तरिक तयारी
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २९, रास्वपाले पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी गरेको छ । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो ।

चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन । गत कात्तिकमा चितवनमा बसेको विस्तारित बैठकले चुनावको छ महिनापछि प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
त्यस अनुसार भदौभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । रास्वपा नेताहरूका अनुसार असोजमा प्रथम महाधिवेशन गर्नका लागि आन्तरिक छलफल सुरु भएको छ ।
रास्वपाका संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार सौराहामा भएको विस्तारित बैठकको निर्णय अनुसार महााधिवेशन गर्ने गरी पार्टीमा छलफल सुरु भएको छ ।
चुनावका कारणले रोकिएको तल्लो तहमा संगठन निर्माणको कार्य २ वैशाखदेखि सुरु हुने श्रेष्ठले जानकारी गराए । संगठन निर्माण हुन नसकेका वडा र पालिकामा तदर्थ समिति गठन गर्न लागिएको हो ।


