उदयपुरमा २ थान बन्दुकसहित २ जनालाई पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २९, उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित २ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


