प्रधानमन्त्री शाहको नयाँ वर्षको शुभकामना सन्देश–सबैका लागि कल्याणयुक्त, दुःख हरण र शुभ रहोस्
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गरेका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’ उनले सन्देशमा भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’


