गृहमन्त्रीसँग भेटेर ब्रिटिस गोर्खाहरूले नागरिकता निरन्तरताको माग राखे
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३, ब्रिटिस गोर्खाहरूले गृहमन्त्री सुधन गुरुङलाई भेटेर ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरताको माग राखेका छन् ।

नागरिकता सम्बन्धी ऐनमा कुनै पनि नेपाली नागरिकले आफ्नो इच्छाले विदेशी नागरिकता लिएमा उसको वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ । यो प्रावधानले आफूहरू मार्कामा परेका ब्रिटिस गोर्खाहरूले बताएका छन् ।
रास्वपाको वाचापत्रमा ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने उल्लेख छ । यही कुरालाई आत्मसात गर्दै आफूहरूको माग सम्बोधन हुनुपर्ने माग लिएर गृहमन्त्रीलाई भेट्न पुगेको भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिए ।
मन्त्री गुरुङले आफूहरूको मागलाई सकारात्मक रुपमा लिँदै कानून मन्त्रालयमार्फत् संसद्मा लगेर छलफल गरिने बचन दिएका थिए ।


