प्रधानमन्त्री शाहले पाँच प्रदेशका मुख्यमन्त्रीहरूसँग गरे छलफल
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग साढे २ घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्रीले धैर्यतापूवर्क आफूहरूका कुरा सुनेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका छन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन् ।


