त्रिविले आफ्नो जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ४, त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । अरुले मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न भनेको छ ।

‘नेपाल सरकार लगायत दाताहरूले त्रिभुवन विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोगाधिकारका लागि उपलब्ध गराएका उक्त जग्गा तथा अचल सम्पत्तिहरू यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिन भित्र खाली गरीरगराई त्रिभुवन विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्नुरगराउनू,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।

त्रिवि कार्यकारी परिषद्को मिति २०८२ चैत २३ गतेको निर्णयानुसार ३५ दिने सूचना जारी गरिएको हो । ‘अन्यथा नियमानुसार हुने व्यहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ ले त्रिभुवन विश्वविद्यालय र यस अन्तगर्तका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी, सघ संस्था वा निकायहरूले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औंल्याएको छ ।

 

 

प्रकाशित : 17 April, 2026

प्रतिक्रिया दिनुहोस्