विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउनका लागि भवन र जमिन नदिने निर्णय
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ६, विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनको लागि कोठारभवनरजमिन नदिने निर्णय भएको छ ।

विश्वविद्यालयबाट विद्यार्थी संगटन हटाउने तयारी गरेको सरकारले संगठनलाई कोठारभवनरजमिन नदिने निर्णय भएको हो ।
गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले हस्ताक्षरसमेत गरेका छन् ।
मन्त्री पोखरेल, अनुदान आयोगका अध्यक्षसहित उपकुलपतिहरूले गरेको निर्णयमा भनिएको छ, ‘विश्वविद्यालयलले विद्यार्थी संगठनहरूलाई कार्यालय स्थापनार्थ उपलब्ध गराउँदै आएको कोठारभवनरजमिन उपलब्ध नगराउने ।’
विश्वविद्यालयको परिसर भित्र विद्यार्थी संगठनहरूका ब्यानर, झण्डा, भित्ते लेखन लगायतका भौतिक संकेत देखिनै विषयहरू तत्काल हटाउने निर्णय पनि भएको छ ।
विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी संगठनको सम्बन्धमा कुनै कानूनी व्यवस्था गरिएको भए ती नियमहरू खारेजीका लागि तीन महलको प्रस्ताव तयार गरी तत्काल आयोग मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।
विश्वविद्यालयको नियमावलीरविनियमावली लगायतमा त्यस्तो व्यवस्था गरेको भएमा विश्वविद्यालयको कार्यकारी परिषद्रसभा वा सम्बन्धित निकायबाट ६० दिन भित्र संशोधन गर्ने निर्णय भएको छ ।
