सप्तरीका एसपी गौतम केसीमाथि छानबिन गर्न समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ८, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।

उक्त समितिले काम समेत सुरु गरेको छ । समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ । एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो ।

जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ । यही विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।

प्रकाशित : 21 April, 2026

प्रतिक्रिया दिनुहोस्