बनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २०, रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।
