कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २२, संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।


कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : 5 May, 2026

प्रतिक्रिया दिनुहोस्