वीरका निर्देशक डा।दिलीप शर्माले दिए पदबाट राजीनामा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २३ , वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् ।

अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।

हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा।शर्माले जानकारी दिए ।

अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए । ‘मेरो कार्यकाल पनि धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ’ डा.शर्माले भने ।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा।शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

शर्माले राजीनामा दिएपछि वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र लगायतका पदाधिकारीलाई हटाइएको थियो ।

 

प्रकाशित : 6 May, 2026

प्रतिक्रिया दिनुहोस्