वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५ , साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ ।

नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो ।

आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि हिजो पनि नेप्से ६.९४ अंक बढेको थियो । समग्रमा यो साता बजार सम्हालिएको छ । गत साता नेप्से परिसूचक २७३८ अंकमा बन्द भएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । बिहीबार जम्मा २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ को घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो । व्यापार स्थिर रह्यो भने अरू सबै समूहका सूचक बढेका छन् ।

स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घट्यो । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २.४७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर छन् ।

प्रकाशित : 8 May, 2026

प्रतिक्रिया दिनुहोस्