सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५ , नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एकहजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ५ हजार २७५ रुपैयाँ कायम थियो । अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : 10 May, 2026

प्रतिक्रिया दिनुहोस्