इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो, सबै उडान ठप्प

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २८ ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएको छ । सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको हो ।

विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो । दमकल प्रयोग गरेर आगो निभाइएको छ । विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

प्रकाशित : 11 May, 2026

प्रतिक्रिया दिनुहोस्