धादिङको बैरेनी दुर्घटना अपडेट : ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २९ , पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।

गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो ।

तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् डीएसपी प्रकाश दाहालले जानकारी दिए । बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार जारी छ ।

गएराति नै काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै १९ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ९ जनालाई पठाइएको थियो । स्थानीय अस्पतालमा उपचारका लागि लगिएका थप ६ जनालाई पनि पछि काठमाडौं नै रिफर गरिएको छ । प्रहरीले दुर्घटनामा संलग्न दुई वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 12 May, 2026

प्रतिक्रिया दिनुहोस्