रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३० , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालु बजेट अधिवेशन लगायतका विषयमा छलफल हुनेछ । यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। रास्वपाले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सक्ने तयारी गरेको छ ।
