लागुऔषध ओसारपसारमा एम्बुलेन्सको प्रयोग हुन थाले

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३० , कोशी प्रदेशमा गाँजा तथा प्रतिबन्धित लागुऔषध ओसारपसारमा एम्बुलेन्सको प्रयोग हुन थालेको छ ।

बिरामी बोकेर साइरन बजाउँदै अस्पताल पुग्नुपर्ने एम्बुलेन्स लागुपदार्थ ओसारपसारमा प्रयोग हुन थालेको देखेर प्रहरी नै चकित परेको छ ।

लागुऔषध तस्करहरूले मोटरसाइकल, तरकारी बोक्ने गाडी, काठ बोक्ने ट्रक, सार्वजनिक सवारी साधन, रातो नम्बर प्लेटका निजी सवारी साधन त प्रयोग गरेकै थिए । तर पछिल्लो समय तस्करीमा एम्बुलेन्स प्रयोग हुन थालेपछि प्रहरी थप चनाखो भएको छ ।

प्रहरीले धनकुटाको दक्षिणी पालिकाहरूमा उत्पादन हुने गाँजा ओसारपसार गर्ने उपायका रूपमा तस्करहरूले एम्बुलेन्स प्रयोग गरेको हुनसक्ने आकलन गरिरहेको थियो । यही क्रममा प्रहरीले २९ गते राति १२स्४० बजे धरानमा एउटा एम्बुलेन्स भित्र गाँजा लोड गरिएको फेला पार्‍यो ।

भेडेटार बजारभन्दा डेढ किलोमिटर टाढा धरान–४ स्थित थाउजेन्डस् बिगबुद्ध जाने कच्ची सडक किनारमा रोकिएको एम्बुलेन्सबाट प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा प्रहरी टोलीले ४४० किलो तयारी गाँजा बरामद गर्‍यो ।

धरान–१८ स्थित बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रालिद्वारा सञ्चालित को१च ७३५९ नम्बरको एम्बुलेन्सका चालक पक्राउ गर्न भने प्रहरी असफल भयो ।

चालकले गाँजा भरिएको एम्बुलेन्स प्रहरीलाई झुक्याएर भेडेटार नाका त कटाए । तर धरान छिर्ने बेला बेस क्याम्पमा तैनाथ प्रहरीबाट बच्ने मौका छोप्न एम्बुलेन्सलाई अन्तैतिर पार्किङ गरे । त्यही बेला प्रहरीले गाँजा बरामद गर्‍यो ।

कतिपय भारतीय नागरिकहरू भारतीय नम्बर प्लेटका गाडीमा नेपाल घुम्न आउने र फर्किने बेलामा यता सस्तोमा गाँजा खरिद गरी उता लगेर महँगोमा बेच्न पाइने लोभमा परेर भारतीय सवारी साधन र चालकहरू फस्ने गरेको उनले बताए ।

प्रकाशित : 13 May, 2026

प्रतिक्रिया दिनुहोस्