प्रतिनिधिसभामा अघि बढ्यो नीति तथा कार्यक्रममाथिको छलफल
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ३१ , प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् ।

नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ ।
