कर्णालीका रैथाने उत्पादनबारे इजरायली राजदूतसँग छलफल
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३ , कर्णालीका युवाहरूले कर्णालीको रैथाने उत्पादनको अन्तर्राष्ट्रिय बजारबारे इजरायली राजदूतसँग छलफल गरेका छन् ।

कर्णालीका युवा आशिष देवकोटासहितको टोलीले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भेटेर छलफल गरेका हुन् । सो क्रममा राजदूत बासले कर्णालीको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण, जडिबुटीको संरक्षण तथा निर्यात प्रवर्द्धन लगायतका विषयमा चासोपूर्वक छलफल गरेको देवकोटाले बताए ।
देवकोटाले कर्णाली प्रदेशमा उत्पादन हुने रैथाने बालीहरू कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो इजरायलसम्म निर्यात गर्न सकिने बताएका थिए । त्यसका लागि दूतावासले पहल गरिदिन आग्रह गरे ।
यस्तै जडिबुटीहरूमा यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा, घुच्ची च्याउजस्ता उत्पादन इजरायलको बजारसम्म पुग्नसक्ने दुवै देशका लागि लाभदायक हुने कुरा स्मरण गराएको उनले बताए ।
