सुन्धारा कारागारमा जन्मकैद सजाय तोकिएकी महिला मध्यराति फरार

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छिन् ।

फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ छन् । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले बताए ।

भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले बताए । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् ।

यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।

घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।

प्रकाशित : 17 May, 2026

प्रतिक्रिया दिनुहोस्