सुन्धारा कारागारबाट भागेकी महिला तीन दिनपछि पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ ४, सुन्धारास्थित केन्द्रीय कारागारबाट मध्यराति फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई असन क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

नुवाकोटको विदुर नगरपालिका घरकी २५ वर्षीया तामाङ शुक्रबार राति १ बजे कारागारबाट भागेकी थिइन्। कारागार प्रशासनका अनुसार उनले भुईँमा केही वस्तु ओछ्याएर अग्लो पर्खाल नाघ्दै फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। चोरी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएकी उनले जन्मकैदको सजाय भुक्तान गरिरहेकी थिइन्।

तामाङ कारागारबाट फरार भएको यो पहिलो पटक भने होइन। यसअघि ‘जेनजी’ आन्दोलनको समयमा पनि उनी कारागारबाट भागेकी थिइन्। त्यसबेला प्रहरीले उनलाई दुई महिनापछि मात्र पक्राउ गर्न सफल भएको थियो। तर, यसपटक भने भागेको तीन दिनमै उनी पुनः प्रहरीको फन्दामा परेकी छन्।

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्