कञ्चनपुरमा एक पुरुषको शव फेला

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ ।

दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ । यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ ।

घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ । घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्