प्रमुख सचेतक ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गर्न माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३ , प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की प्रमुख सचेतक खुश्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले कुवेत लगायतका मुलुकहरूमा नेपाली मानव तस्करहरूले १० देखि १२ लाखमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको जिकिर गर्दै त्यस्ता गिरोहमाथि तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेकी हुन् ।

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदारहरूलाई पठाउने कुरा प्रतिबन्ध लगाएपनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा पठाउने गरेको उल्लेख गर्दै त्यसमा निगरानी राख्न पनि सरकारलाई सचेत गराइन् ।

‘हाम्रा महिलाहरूलाई खाडीसम्म पुर्‍याउन एजेण्डहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गर्दैछन । कहिले भारत हुँदै उनीहरूलाई बोर्डर क्रम गराइन्छ, कहिले तान्जानियालगायतका अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ,’ उनले भनिन्, ‘एजेण्ट जतातिर पनि नेपाली नै छन्। त्यसैले यी मानव बेचविखनमा संलग्न एजेण्टहरू ध्वस्त हुन जरुरी छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाखमा नेपाली महिलाहरू बेच्ने काम गरिरहेका छन् ।’

 

 

प्रकाशित : 18 May, 2026

प्रतिक्रिया दिनुहोस्